Skip to content

क्रस होल्डिङ भएका संस्थाको अध्यक्ष र सीईओ नयाँ चयन हुनुपर्ने सुझाव 

काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थामा मर्जर पश्चात् अध्यक्ष र सीईओ नयाँ चयन हुनुपर्ने सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकले कार्यदलको सुझाव मंगलबार  सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदनमा कार्यदलले क्रस होल्डिङ भएका बैंकलाई मर्जरमा लैजान सुझाव दिएको छ। कार्यदलले मर्जरमा लैजाँदा पर्याप्त समय दिनुपर्ने सुझाव दिएको छ । समितिले मर्जर र एक्विजिसन हडबडीमा नगरी, अत्यन्त सतर्कताका साथ अगाडि बढाउनुपर्ने सिफारिस गरेको छ।
कार्यदलका अनुसार, मर्जरका क्रममा सञ्चालन, सफ्टवेयर, उत्पादन र मानव संसाधनको संयोजनमा ध्यान दिनु आवश्यक छ। संस्थाहरूले प्रशस्त समय लिएर मर्जर निर्णय गर्दा मात्र सफलता मिल्ने देखिएको छ।
नयाँ नेतृत्व चयन गर्दा संस्थाको दीर्घकालीन स्थिरता र कार्यसम्पादनमा सुधार आउने देखिएको छ। साथै, नयाँ संस्थामा समान तहमा काम गर्ने कर्मचारीहरूको पारिश्रमिक निश्चित अवधिभित्र समान बनाउनुपर्ने सुझाव दिइएको छ।
मर्जर र एक्विजिसन प्रक्रियामा जाने संस्थाहरूलाई स्वाप, रेसियो र अन्य प्रक्रिया सम्बन्धी कानुनी अधिकार दिने व्यवस्था गरिनेछ भने नेपाल राष्ट्र बैंकले प्रक्रिया छिटो सम्पन्न गर्न सहजीकरण गर्नेछ। ऋण समस्या भएका संस्थाहरूलाई पनि मर्जरमा समावेश गर्ने व्यवस्था कार्यदलले सुझाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi