काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा ८ प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश रहेको छ।
कम्पनीले पुस ३० गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्