Skip to content

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ निष्कासन, कसले कहिलेसम्म पाँउछ आवेदन दिन ?

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

जसमा प्रति सेयर सय रुपैयाँका दरले ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँको ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरिएको छ ।

नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

स्थानियले ज्योती विकास बैंकको समुन्द्रटार, कृषि विकास बैंकको खैरेनिटार, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार, ट्रेडटावर, थापाथलीस्थित रजिष्टर्ड कार्यालय र दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् ।

यस्तै प्रतिकित्ता सय रुपैयाँका दरले ६८ लाख ९६ हजार ७०० रुपैयाँको ६८ हजार ९६७ कित्ता सेयर श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आयोजना प्रभावित स्थानियले पुस २३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा आवेदन नपरेमा २३ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima