Skip to content

सामान्य अंक बढ्यो सेयर, कारोबार रकम घट्यो

nabil bank

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेको छ। यसैगरी,सेन्सेटिभ इण्डेक्स ०.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक बढेको छ।

बुधबार सेयर बजार बढेको भएता पनि कारोबार रकम भने घटेको छ । मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ । बाँकी ७ उपसमूहको परिसूचक भने आज घटेको छ। आज बैंकिमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

आज कारोबारमा आएको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ५.३२ प्रतिशत बढेको छ। कारोबारमा आएका ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ४९ लाख रुपैयाँबराबरको सेयरकिनबेच भएको छ। यसैगरी, आज मञ्जुश्री फाइनान्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने तेह्रथुम पावर कम्पनीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life