काठमाडौं । होटल पार्क ल्याण्डले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनीले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले र होटल पार्क ल्याण्डबीच बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा होटल पार्क ल्याण्डका अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले होटल पार्क ल्याण्डको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
विगत १८ वर्ष देखि कारोबार संचालन गर्दै आइरहेको चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा रहेको होटल पार्क ल्याण्डमा हाल ३२ कोठाहरु रहेका छन् ।
होटल सौराहा गैडाचोक देखि ३५० मिटरको दुरीमा रहेको छ । छिट्टै नै क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रफलमा १०५ कोठा बनाइ चार तारे होटलमा परिणत गर्ने लक्ष होटलको रहेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्