Skip to content

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

nabil bank

काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि ल्याउने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको छ ।

रिसोर्टले प्रतिकित्ता सय रुपैयाँका दरले १५ करोड रुपैयाँको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

यसको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । यसको कर्पोरेट एडभाइजरी सम्बन्धी कार्य ज्योति क्याटिपल लिमिटेडले गर्दै आइरहेको छ ।

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएसँगै होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरूका लागि नयाँ लगानी अवसर थपिएको छ ।

पछिल्लो समय पर्यटन उद्योगमा सुधार देखिन थालेसँगै यस क्षेत्रका कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ ।

नगरकोट रिसोर्ट लिमिटेडको आईपीओ स्वीकृति तथा निष्कासनसम्बन्धी आगामी प्रक्रिया नेपाल धितोपत्र बोर्डको नियामक निर्णयअनुसार अगाडि बढ्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life