काठमाडौं । रिज लाइन इनर्जी आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय र श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँको २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरेको छ । उक्त सेयरमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै स्थानीय र लमजुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका–१, २, ३ तथा दोर्दी गाउँपालिकाका– ४, ५ र ६ का स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
स्थानियले रिज लाइन इनर्जी आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस्तै प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ४२ लाख २० हजार रुपैयाँको १ लाख ४२ हजार २०० कित्ता सेयरमा श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेशमा गएका नेपालीले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानियले पुस २८ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यस्तै मेरो सेयर बाट पनि आवेदन दिन सक्नेछन् ।








प्रतिक्रिया दिनुहोस्