काठमाडौं । कालिन्चोक दर्शन प्रालिको लकइन अवधि माघ १७ देखि सकिने भएको छ ।
कम्पनीका अनुसार संस्थापक समूहको ४८ लाख कित्ता, कर्मचारीको २१ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको १ लाख २० हजार सहित ४९ लाख ४१ हजार ६०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
सेबोनमा ६० लाख कित्ता सेयर दर्ता भएको थियो । जसमा संस्थापक समूह, कर्मचारी र आयोजना प्रभावितका लागि ४९ लाख ४१ हजार ६०० कित्ता सेयर रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्