काठमाडौं । भुजुङ्ग हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
आईपीओमा योजना प्रभावित क्षेत्रका स्थानियले आजसम्म आवेदन दिन सक्नेछन् । आजसम्म माग अनुसार आवेदन नपरेमा माघ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि सेयर निष्कासन गरेको थियो ।
कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँको २० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमा प्रतिकित्ता सय रुपैयाँका दरले १० करोड रुपैयाँको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरेको छ ।
यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिका–४ का स्थानियलाई छुट्याएको छ । बाँकी ४० प्रतिशत अप्रत्यक्ष प्रभावित क्षेत्र सोही गाउँपालिका–१, २, ३, ५, ६, ७, ८ र ९ का स्थानीयका लागि छुट्याएको छ ।
आईपीओमा स्थानियले क्व्होलासोथार गाउँपालिका–४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा कार्यालय र भुजुङ्ग हाइड्रोपावरको सामाखुशी, काठमाडौँस्थित रजिस्टर्ड कार्यालयबाट आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।












प्रतिक्रिया दिनुहोस्