काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले दोस्रो चरणमा पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर बाँडफाँटप गरेको छ ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर निष्काशन गर्न लागेको थियो । जसमा १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय, १० लाख कित्ता श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेशमा गएका नेपालीका लागि निष्कासन गरिसकेको छ । यस्तै ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याएको छ । बाँकी प्रतिकित्ता सय रुपैयाँका दरले ८२ करोड रुपैयाँको ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्दै छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन माघ ४ गतेसम्म दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन परेमा माघ १४ गतेसम्म दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।








प्रतिक्रिया दिनुहोस्