Skip to content

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँट

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) आज (पुस २२ गते) मंगलबार बाँडफाँट भएको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६८ हजार ९६७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि गत पुस ९ गतेदेखि १४ गतेसम्म निष्काशन गरेको थियो। सोही सेयर यस दिन बाँडफाँट भएको हो।

कम्पनीको सेयरमा कुल ७० हजार ४५७ जनाले १० लाख ३३ हजार ५१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ७० हजार ४४५ आवेदन स्वीकृत भएका छन् भने १२ आवेदन रद्द भएका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima