काठमाडौं । मंगबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले ऐतिहासिक उचाई बनाएको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो चार दिनबाट सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड कायम भएको छ।
यस दिन चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।








प्रतिक्रिया दिनुहोस्