Skip to content

सेयर बजार र कारोबार रकम दुवै घट्यो 

काठमाडौं ।  साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार र कारोबार रकम दुवै घटेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ अंकमा झरेको छ । आज सेयर बजार साढे एक प्रतिशतभन्दा धेरैले घटेको हो ।
आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार ३.०७ अंकले घटेको थियो ।  आज सेन्सेटिभ इण्डेक्स ७.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंक घटेको छ।
मंगलबार सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा मंगलबार १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ रुपैयाँको मात्र सेयर कारबार भएको छ ।
मंगलबार कारोबारमा आएको १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्य घटेको छ भने बाँकी एक उपसमूहको सेयर मूल्य यथावत् रहेको छ । आज कारोबारमा आएको अधिकांश उपसमूहको सेयर मूल्य १ प्रतिशतभन्दा धेरैले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यस बैंकको सेयर मूल्य आज ८.५६ प्रतिशत बढेको छ। यसैगररुी, आज दरमखोला हाइड्रो इनर्जी र माया खोला हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ । कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयरमूल्य आज सबैभन्दा धेरै ६.९३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज ५७ करोड ८५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज एसवाई प्यानल नेपालको साढे ५७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi