काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । कारोबारको सुरुदेखि नै निकै उतार चढाव आएको बजारमा अन्तिम समयमा सामान्य सुधार आएको हो ।
बजार मापन गर्ने सूचक ५.३८ अंकले बढेर परिसूचक २७३१.८९ बिन्दु कायम भएको छ । ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, ट्रेडिङ समूहको उपसूचक बढेको छ । कारोबारमा १४१ कम्पनीको मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ८३ करोड ५७ लाख ५१ हजार ३२८ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा राधी विद्युत कम्पनी र एसवाई प्यानल रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्