Skip to content

होटल फरेष्ट इनको आईपीओ सर्वसाधारणका लागि निष्कासन

काठमाडौं । होटल फरेष्ट इनले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर ४० करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । जसमा ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीका लागि निष्काशन गरेको छ ।

बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको ३३ लाख २० हजार कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा सर्वसाधारणका लागि निष्काशन गरेको छ । लगानीकर्ताले आईपीओमा न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा आवेदन माघ २६ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीले सञ्चालन गरेको होटल आयोजनामा कुल ३ अर्ब ४८ करोड २१ लाख रुपैयाँभन्दा बढी लगानी भएको छ । आयोजनाको साधारण लगानी फिर्ता अवधि १०.८६ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १५.३३ वर्ष रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi