Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ११ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १०।२५ अंकले घटेर परिसूचक २६९८.४४ बिन्दु कायम भएको छ ।

३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ८५ कम्पनीको मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा इन्भेष्टमेन्ट, अन्य समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

कारोबारमा सुपर माइ हाइड्रो र रिडी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सुपरमादी हाइड्रोपावर कम्पनी पहिलो स्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः आँखुखोला जलविद्युत कम्पनी र रिडी पावर कम्पनी रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life