Skip to content

सेयर बजार र कारोबार रकम दुवै घट्यो

काठमाडौं । साताको दोस्रो काराबार दिन सोमबार सेयर बजार कारोबार रकम दुबै घटेको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.४९ बिन्दुमा पुगेकाे छ । सोमबार नेप्से परिसूचक समग्रमा ०.९६ प्रतशित घटेको छ । आज सेन्सेटिभ इण्डेक्स ४.०२ अंक घटेको छ । यसैगरी, फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक घटेको छ।

सोमबार सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ। आइतबार ११ अर्ब ६५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।

आज खानी खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ। आज रिडी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने लिबर्टी इनर्जीको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माया खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ५.४० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर उच्च स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ७७ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज एसवाई प्यानल नेपालको ५४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima