Skip to content

एपोलो हाइड्रोपावरले फागुन ११ गतेदेखि आईपीओ ल्याउने

काठमाडौं । एपोलो हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरण आयोजना प्रभावित क्षेत्रका स्थानिय र श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउनेछन् ।

कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ । जसमा प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड ७० लाख रुपैयाँको ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्ने भएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर अति प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका–७ र ८ का स्थानिय बासिन्दाका लागि निष्कासन गर्ने भएको छ ।

३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका– २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–३ का बासिन्दाका लागि निष्कासन गर्ने छ । बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर कम प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका– २ र गोकुलगंगा गाउँपालिका– १ का स्थानियले आवेदन दिन पाउनेछन् ।

यस्तै आयोजनाले सर्वसाधारण लगानीकर्ताका लागि १० प्रतिशतले हुन आउने ९ लाख ४० हजार रुपैयाँको प्रतिसेयर १०० रुपैयाँका दरले ९४ हजार कित्ता सेयर श्रम स्वीकृती लिएर विदेशमा रहेका नेपालीका लागि निष्कासन गर्ने जनाएको छ ।

आईपीओमा न्यूनतम १० देखिकित्ताका लागि आवेदन दिनुपर्नेछ । आईपीओमा स्थानियले न्यूनतम १० देखि अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानियले फागुन २५ गतेसम्म आवेन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । स्थानियले आयोजनाको कार्यालयका साथै लक्ष्मी सनराइज बैंकको किन्जा सोलुखुम्बु, रामेछापको शिवालय र प्रिति शाखा र ओखलढुङ्गामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा शाखा, सिटिजन्स बैंकको लिखुपिके शाखाबाट आवेदन दिन सकिने छ ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life