Skip to content

भारतको केन्द्रीय प्रसारण निकायबाट सीमापार विद्युत् परियोजनामा लिट्मस् इन्डस्ट्रिजलाई स्वीकृति

nabil bank

काठमाडौं । नेपालको प्रमुख तार, केबल र कन्डक्टर उत्पादक लिट्मस् इन्डस्ट्रिज लिमिटेडले भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्तिका लागि स्वीकृति पाएको छ। पीजीसीआईएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय हो, जसले अन्तरराज्यीय र सीमापार विद्युत् सञ्जाल सञ्चालन गर्छ। यससँगै लिट्मस् इन्डस्ट्रिज सीमापार परियोजनामा चयन हुने एकमात्र नेपाली उत्पादक बनेको छ।

सम्झौताअनुसार कम्पनीले ४०० केभी एसीएसआर मूस कन्डक्टर २,७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ। यी कन्डक्टरहरू डिडिङ्ग–ढल्केबर (नेपाल) र बथनाहा (भारत) प्रसारण लाइनमा प्रयोग हुनेछन्। यो प्रसारण लाइन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ। नेपालमै पहिलो पटक ४०० केभी एसीएसआर मूस कन्डक्टर उत्पादन हुने भएकाले यो प्रविधिक र औद्योगिक दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।

परियोजना अघि, पावर ग्रिड कर्पोरेशनले लिट्मस् इन्डस्ट्रिजको कारखाना गहन रूपमा मूल्याङ्कन गरेको थियो। उत्पादन प्रक्रिया, क्षमता, गुणस्तर नियन्त्रण, परीक्षण प्रणाली र पूर्वाधारको समीक्षा पछि लिट्मसलाई परियोजनाका लागि योग्य एकमात्र नेपाली उत्पादकको रूपमा चयन गरिएको हो।

ढल्केबर–बथनाहा प्रसारण लाइन नेपाल–भारत सीमापार ऊर्जा संयोजनमा महत्वपूर्ण छ र अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ। यसले नेपालको ऊर्जा सुरक्षालाई सुदृढ बनाउने र औद्योगिक विकास तथा विद्युत् व्यापार विस्तारमा योगदान दिने अपेक्षा गरिएको छ।

लिट्मस् इन्डस्ट्रिजसँग ठूला प्रसारण परियोजनाको अनुभव छ। यसअघि कम्पनीले हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइनका लागि ४०० केभी एसीएसआर मूस कन्डक्टर ३,६०० किलोमिटर आपूर्ति गरिसकेको छ।

लिट्मस् इन्डस्ट्रिज लिमिटेड, रमेश कर्प समूहअन्तर्गतको उद्योग, सन् १९७७ देखि नेपालमा तार, केबल र कन्डक्टर उत्पादन गर्दै आएको अग्रणी उद्योग हो। कम्पनीले मध्यम भोल्टेज, एसीएसआर कन्डक्टर, एरियल बन्च्ड केबल, न्यून भोल्टेज पावर केबल तथा कन्ट्रोल केबल उत्पादन गर्छ।

घरायसी विद्युत् जडानका लागि लिट्मस् केबल्स, एफआरएलएस केबल र इकोवायर–जेडएच हलोजनरहित तार पनि आपूर्ति गर्छ। बुटवल र नवलपरासीमा दुई अत्याधुनिक उत्पादन केन्द्र सञ्चालन गर्दै आएको छ, जसमा नेपालमै पहिलो पटक एल्युमिनियम रड उत्पादन प्लान्ट पनि समावेश छ। कम्पनीका सबै उत्पादन र प्रक्रियाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर र सुरक्षा मापदण्डअनुसार छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi