Skip to content

प्रि–ओपन सेसनमा सेयर बजार ४४.६३ अंकले बढ्यो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन प्रि–ओपन सेसनमा सेयर बजार भारि अंकले बढेर बन्द भएको छ। सोमबारको प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ४४.६३ अंक बढेर २७५७.१२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.९७ अंक बढेको छ।

सोमबार प्रि–ओपन सेसनमा १९९ कम्पनीको ७२१ पटकको कारोबारमा ५ करोड ४५ लाख ११ हजार ५६२ रुपैयाँ ५० पैसाबराबरको १ लाख ११ हजार २०२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १९१ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनी मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima