Skip to content

सेयर बजारमा दोस्रो सकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

nabil bank

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोस्रो पटक सकारात्मक सर्किट लागेको छ । सोमबार सेयर बजार ५ प्रतिशत बढेर दोस्रो पटक सकारात्मक सर्किट लागेको हो ।

कारोबार खुलेको १ मिनेटमा ४ प्रतिशत बढेर पहिलो सकारात्मक सर्किट लागेको नेप्से सूचकमा दोस्रो पटक ५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो ।

कारोबार सुरु भएको एक मिनेटमा सेयर बजार मापक नेप्से परिसूचक ४ प्रतिशत बढेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो । दोस्रो पटक सकारात्मक सर्किट लाग्दा नेप्से परिसूचक १३५.७२ अंकले बढेर २८४८.२२ बिन्दुमा पुगेर बन्द भएको छ ।

प्रि–ओपन सेसनमा १.६४ प्रतिशत बढेको नेप्से, बजार खुल्ने बित्तीकै तिव्र गतिमा बढेको थियो। अब सेयर बजार १२.१ मिनेटमा खुला हुनेछ ।

हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको १ घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ ।

त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi