काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन सेयर बजारमा तेस्रो पटक सकारात्मक सर्किट लागेर सोमबारको लागि कारोबार बन्द भएको छ । अब मंगलबारमात्र सेयर कारोबार खुला हुने नेपाल स्टक एक्सचेन्ज नेप्सेले जानकारी दिएको छ ।
सोमबार सेयर बजारमा ६ प्रतशित बढेर सकारात्मक सर्किट लागेको हो । कारोबार खुलेको १ मिनेटमा ४ प्रतिशत बढेर पहिलो सकारात्मक सर्किट लागेको नेप्से सूचकमा दोस्रो पटक ५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो ।
तेस्रो पटक सकारात्मक सर्किट लाग्दा नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजारमा ५१ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएको २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ ।
आज कारोबारमा आएको १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ । आज २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेकाे छ भने सकारात्मक सर्किट लेभलमा १० कम्पनीकाे सेयर काराेबार भएका छ ।
साेमबार प्रि–ओपन सेसनमा नै १.६४ प्रतिशत बढेको नेप्से, बजार खुल्ने बित्तीकै तिव्र गतिमा बढेको थियो। काराेबार खुलेकाे एक मिनेटमा ४ प्रतिशत र काराेबार खुलेकाे २३ मिनेटमा सेयर बजार ५ प्रतितशत बढ्दै सेयर बजारमा तेस्राे पटक सकारात्मक सर्किट लागेकाे हाे ।
हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको १ घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ ।
त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।











प्रतिक्रिया दिनुहोस्