काठमाडौं । निर्वाचन सकिएपछिको पहिलो कोरोबार दिन लगातार तीन पटक सकारात्मक सर्किट लागेको बजार दोस्रो दिन भने भारी गिरावट आएको छ ।
निर्वाचनमा रास्वपा पहिलो दल बन्ने र रास्वपाको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि बजारले त्यसलाई स्वागत गर्यो भनेर चर्चा भएको थियो ।
मंगलबारको कारोबारमा भने भारी गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म बजार ५७.०८ अंकले घटेको छ ।
३१८ कम्पनीको २ करोड ६६ लाख १७ हजार १२१ कित्ता सेयर १० अर्ब ८ करोड ५४ लाख ५७ हजार ३८३ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ५३ कम्पनीको मूल्य बढेको छ भने २०८ कम्पनीको घटेको छ ।












प्रतिक्रिया दिनुहोस्