Skip to content

सेयर बजारमा रोकिएन पहिरो, डेढ घन्टामा १२ अर्ब ७८ करोड बढीको कारोबार

nabil bank

काठमाडौं । नयाँ सरकार बनेको दोस्रो कारोबार दिन सुरु देखि नै सेयर बजारमा आएको गिरावट बढ्दै गएको छ ।

डेढ घन्टाको अवधिमा बजार ७८.२४ अंकले घटेको छ । बजारमा पहिरो जाने क्रम नरोकिँदा परिसूचक २७९७.१९ बिन्दु कायम भएको छ ।

३२४ कम्पनीको ३ करोड १५ लाख ५६ हजार २१ कित्ता सेयर १२ अर्ब ७८ करोड ७४ लाख ७ हजार ९५७ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा ३९ कम्पनीको मूल्य बढेको छ भने २२१ कम्पनीको मूल्य घटेको छ ।

निर्वाचन सकिएको पहिलो कोरोबार दिन लगातार तीन पटक सकारात्मक सर्किट लागेको बजार दोस्रो दिन भने भारी गिरावट आएको छ । नयाँ सरकारलाई बजारले स्वागत गर्यो भनेर चर्चा भएपनि त्यो चर्चा भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi