काठमाडौं ।आइतबारको प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस सेसनमा सेयर बजार मापक नेप्से सूचक ४.४४ अंकले बढेर २८२४.८९ बिन्दुमा पुगकोको छ ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७४ अंक बढेको छ। आइतबार प्रि–ओपन सेसनमा १०२ कम्पनीको २९८ पटकको कारोबारमा १ करोड ४२ लाख ९२ हजार ९८४ रुपैयाँ ३० पैसाबराबरको ४३ हजार ७०७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ५८ कम्पनीको मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।











प्रतिक्रिया दिनुहोस्