Skip to content

सेयर बजार २६.०७ अंकले घट्यो, कारोबार रकमा पनि गिरावट

काठमाडौं । सोमबार सेयर बजार घटेको छ । सोमबार सेयर बजार मापक नेप्से सूचक २६.०७ अंकले घटेर २७९८.८३ बिन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स ६.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंक घटेको छ।

आज सेयर बजारसंगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १४ अर्ब ३२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये१ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

आज कारोबारमा आएको ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ६८ करोड ७७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, आज नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ४१ करोड रुपैयाँ नाघेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T