Skip to content

सेयर बजार १३.५१ बढ्यो, ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार बढेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक १३.५१ अंले बढेर २८१२.३४ बिन्दुमा पुगेको छ । आज यस दिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ।

सेयर बजारसंगै आज कारोबार रकम पनि बढेको छ। सोमबार ११ अर्ब ९७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ।

आज पनि ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima