Skip to content

बुद्धभुमी नेपाल हाइड्रोपावर शतप्रतिशत हकप्रद ल्याउने

nabil bank

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको पुँजीको १ कित्ता सेयर बराबर थप १ कित्ता (१ः१) अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ४० करोड रुपैयाँको ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

हकप्रद सेयर निष्कासन गर्नका लागि प्रयोजनार्थ कम्पनीले फागुन १ गते बुकक्लोज गरेको छ । माघ २९ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा २०८३ बैशाख १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद सेयरको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै जलविद्युत गृह रहेको स्थान थप्रेक, नुवाकोट र एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । यस्तै नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने ।

हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi