Skip to content

बीपी राजमार्ग वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध

काठमाडौं।शुक्रबार साँझ परेको अविरल वर्षापछि पूर्वी तराई तथा पहाडी जिल्लालाई जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार वर्षापछि रोसी खोलामा पानीको बहाव तीव्र रूपमा बढेपछि राजमार्ग आवत–जावत बन्द भएको हो।

प्रहरी नायब उपरीक्षक रविन बिष्टका अनुसार शनिबार बिहान करिब ३ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। रोसी खोलामा पानी बढेपछि अस्थायी रूपमा निर्माण गरिएको सडक खण्डमा पानी पसेर आवागमन ठप्प भएको उनको भनाइ छ।

प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत चारसयबेसी, गिम्दी, दाउन्ने र कालढुङ्गा क्षेत्रमा सडक अवरुद्ध रहेको छ। अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय भक्तपुर तथा निर्माण व्यवसायीसँग समन्वय गरी आवश्यक उपकरण परिचालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

गत वर्ष असोजमा आएको बाढीका कारण भकुण्डेबेसीदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक खण्डमा ठूलो क्षति पुगेको थियो। यसपटक पनि वर्षासँगै सोही क्षेत्र पुनः जोखिममा परेको अधिकारीहरूले बताएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T