Skip to content

नेप्से सूचक र कारोबार रकम दुवै बढ्यो, ६ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह देखिएको छ । आइतबार सेयर बजारमा मापक नेप्से सूचक ५४.५१ अंकले बढेर २९३१.५५ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक १.८९ प्रतिशत बढेको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । गत सातको अन्तिम कारोबार दिन बिहीबार २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँ बराबरको सेयरको सेयर कारोबार भएको बजारमा आज २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये १२ उपसमूहहरूको सेयर मूल्य बढेको छ । बाँकी एक उपसमूहको सेयर मूल्य घटेको छ। आज सबैभन्दा धेरै होटल तथा पर्यटन क्षेत्र तर्फको सेयर मूल्य बढेको छ । आज ट्रेडिंग उपसमूहको सेयर मूल्य घटेको हो ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सालपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, सोल्टी होटल लिमिटेड, र बलेफी जलविद्युत लिमिटेडको सेयर मूल्य १० प्रतिशत बढेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi