काठमाडौं । कालंगा हाइड्रो कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । जसमा १४ करोड रुपैयाँको १४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरेको छ ।
कम्पनीले ९ लाख १० हजार कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका–४ र ५, बित्थडचिर गाउँपालिका–६ र ८, बुंगल नगरपालिका–३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका– १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका–१ का स्थायी बासिन्दाका लागि निष्कासन गरेको छ ।
यस्तै ४ लाख ९० हजार कित्ता सेयर बझाङ्ग, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका अतिप्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।
कम्पनीले श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ३ करोड ५० लाख रुपैयाँको ३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आयोजना प्रभावित क्षेत्रका स्थानियले चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा २०८३ बैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत २४ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानियले बिक्री प्रबन्धकका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्यूँ १ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका १०, बझाङ्ग, गोकुलेश्वर, शैल्यशिवर ९, दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका, बझङ्ग र डिलासिनी गाउँपालिका, बैतडि शाखा तथा कृषि विकास बैंकको बुंगल नगरपालिका ४, बझाङ्ग शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।












प्रतिक्रिया दिनुहोस्