काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर कम्पनीले श्रम स्वीकृत लिएर विदेशमा गएका नेपालीका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड १० लाख रुपैयाँको २ लाख १० हजार कित्ता सेयर श्रम स्वीकृती लिएर विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले १० देखि २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।












प्रतिक्रिया दिनुहोस्