Skip to content

सेयर बजारका विषयमा घोषणापत्रमै स्पट धारणा राखेका छौं, अफवाहको पछि कुनै लगानीकर्ता पनि नलाग्नुः अर्थमन्त्री डा. वाग्ले

nabil bank

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आइरहेको बचाएका छन् ।

आज बिहान स्टक ब्रोकर एशोसिएसनसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

‘‘हल्ला र गलत अफवाहको पछि कोही पनि नलागौँ’’ उनले भने ‘‘सेयर बजारमा सबै भन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राख्ने हामी हौँ । तर, अहिले अफवाह फैलाइँदैछ । यसको पछि नलाग्न म सबैलाई आग्रह गर्छु ।’’

नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु पर्ने र त्यसका लागि सुशासनका काम गर्नु पर्ने बताएका छन् । उनले समयमा नै नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउने काम सरकारले गर्ने बताए ।

एशोसिएसनसँगको भेटमा केही अनुसन्धान पुरानै भएको र त्यस्ता अनुसन्धान अहिले अन्तिमतिर पुगेको जानकारी गराए । अपराध गरेकालाई उन्मुक्ति नदिने, तर छानीछानी प्रतिशोध पनि नगर्ने बताए ।

मन्त्री डा. वाग्लेले सरकार निजी क्षेत्र मैत्री रहेको र आफ्नो पहिलो निर्णय हेरेर पनि त्यो थाहा पाउन सकिने बताए । ‘‘रास्वपा र सरकार निजीक्षेत्र विरोधी होइन’’ मन्त्री वाग्लेले भने, ‘‘हामी अर्थतन्त्रलाई कहाँबाट कहाँ पुर्याउने भनेर लागेका छौँ । बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउँदैछ ।’’

भेटमा ब्रोकरहरुले बजारमा सेयर बेचेर निस्किएका र बजारबाट सेयर उठाउन लागेका मानिसले गलत हल्ला मच्चाइरहेको बताए । बजारमा गलत हल्ला मच्चाउनेहरुका कारण जसका कारण साना लगानीकर्ता आत्तिएका उनीहरुको भनाइ थियो ।

ब्रोकरहरुले संस्थागत लगानीकर्ताका लागि बजारमा सहजताको उपाय अपनाउनु जरुरी रहेको, निजी क्षेत्रमाथिको अनुसन्धान जायज भएको तर अनुसन्धान गोप्य राखिनु पर्ने, पुँजीबजार सुधार कार्यदलको सुझाव कार्यन्वयन गरिनु पर्ने सुुझाव दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi