Skip to content

सेयर बजार र कारोबार रकम दुबै घट्यो

काठमाडौं । मंगलबार सेयर बजार र कारोबार रकम दुबै घटेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ।

यसैगरी, सोमबार १० अर्ब ९२ करोड रुपैयाँबराबरको सेयर आज ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँको मात्र सेयर खरिद बिक्री भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ । बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।

आज कारोबारमा आएको ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज कारोबार रकमका आधारमा ङादी ग्रुप पावर उच्च स्थानमा रहेको छ। यस कम्पनीको यस दिन २४ करोड २२ लाख ६१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima