Skip to content

बोर्डले घाटाका र कमजोर वित्तीय अवस्थाका कम्पनीको लागि ल्यायो नयाँ मापदण्ड, आईपीओमा कडाइ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण सेयर अर्थात् आईपीओ निष्काशन गर्न चाहने कम्पनीहरूको वित्तीय विवरण परीक्षणमा अहिलेसम्मकै कडा नीति अवलम्बन गरेको छ।

बोर्डले हालै ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२जारी गर्दै घाटामा रहेका, कमजोर नेटवर्थ भएका तथा वित्तीय विवरणमा कैफियत देखिएका कम्पनीहरूलाई अनिवार्य सूक्ष्म निगरानीमा राख्ने व्यवस्था गरेको हो। यो मापदण्ड आगामी २०८३ वैशाख १ गतेदेखि लागू हुनेछ।

यसअघि आईपीओ निष्काशनको प्रक्रियामा वित्तीय विवरणको परीक्षण तुलनात्मक रूपमा सहज मानिन्थ्यो। तर अब भने बोर्डले वित्तीय सूचकहरूका आधारमा प्रत्येक कम्पनीको विवरणलाई सुक्ष्म तरिकाले हेर्ने भएकाले बजारमा प्रवेश गर्नु अघि कम्पनीहरूले आफ्नो वित्तीय अवस्था पारदर्शी र सुदृढ बनाउनु अनिवार्य हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima