काठमाडौं । बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । बिहीबारको प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक २.६५ अंक बढेर २८०५.१८ विन्दुमा पुगेको छ।
यसदिन प्रि–ओपन सेसनमा ४६ कम्पनीको १०९ पटकको कारोबारमा ४८ लाख ४ हजार ८२३ रुपैयाँ ५९ पैसाबराबरको ५ हजार ५१६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ कम्पनीको मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।












प्रतिक्रिया दिनुहोस्