Skip to content

सेयर बजार र कारोबार रकम दुबै बढ्यो, ८ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बिहीबार सेयर बजार र कारोबार रकम दुबै बढेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ बिन्दुमा पुगेको छ ।

यसैगरी, आज कारोबार रकम पनि बढेको छ । बुधबार ८ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको बजारमा आज ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। आज अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.४३ प्रतिशत बढेको छ। होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशभन्दा बढी बढेको छ भने बैंकिङ, वित्त, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आज ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यसैगरी,कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनी उच्च स्थानमा रहेको छ। सो कम्पनीको आज ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। यसैगरी, आज रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब ४० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima