Skip to content

नेपालको इतिहासमा पहिलो पटक साताको ६ दिन सेयर कारोबार, आगामी हप्ता सोमबारबाट मात्र खुल्ने

काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक साताको ६ दिन सेयर कारोबार हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीका अनुसार यस हप्ता शुक्रबार पनि सेयर कारोबार खुला रहनेछ।

यसअघि सेयर कारोबार आइतबारदेखि बिहीबारसम्म मात्र सञ्चालन हुँदै आएको थियो। तर, सरकारले अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै यस हप्ता तालिका परिवर्तन गरिएको हो।

प्रवक्ता पराजुलीका अनुसार आइतबार सार्वजनिक बिदा परेकाले त्यसको सट्टामा शुक्रबार सेयर बजार खुला गरिएको हो। आगामी हप्तादेखि भने नियमित रूपमा सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार सञ्चालन हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima