Skip to content

प्रि–ओपन सेसनमा साढे ६ अंक बढ्यो सेयर बजार

nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा सेयर बजार बढेर बन्द भएको छ । प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ६.५२ अंक बढेर २८५७.७६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९४ अंक बढेको छ।

शुक्रबार प्रि–ओपन सेसनमा ६४ कम्पनीको १४९ पटकको कारोबारमा ३३ लाख २९ हजार १९५ रुपैयाँ ४० पैसाबराबरको ५ हजार ३०५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ कम्पनीको मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi