काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १३.४६ अंकले घटेर परिसूचक २८३७.७७ बिन्दु कायम भएको छ ।
३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा जलविद्युत, उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा ५६ कम्पनको मूल्य बढेको छ भने २०९ कम्पनीको मूल्य घटेको छ । कारोबारमा ७ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।












प्रतिक्रिया दिनुहोस्