काठमाडौं । सोपान फर्मास्यूटिकल्स कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ ।
जसमा १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारी, २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ ।
कम्पनीले दोस्रो चरणमा आजदेखि ३४ करोड ७४ लाख ९० हजार रुपैयाँको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा बैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।













प्रतिक्रिया दिनुहोस्