काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । कारोबारको सुरुदेखि बजारमा आएको गिरावट अन्तिम समयसम्म सुधार आएन । बजार मापन गर्ने सूचक ३३.८३ अंकले घटेर परिसूचक २८३३.०३ बिन्दु कायम भएको छ ।
३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर ९ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।
आज ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २३६ कम्पनीको मूल्य घटेको छ । बिहीबारको कारोबारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिज्ड लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













प्रतिक्रिया दिनुहोस्