काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबारको समयमा हाल लाग्दै अएको सर्किटमा नयाँ व्यवस्था लागू गर्ने भएको छ ।
नयाँ व्यवस्था वैशाख ७ गतेदेखि लागू हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।
नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ लाई सशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।
नयाँ व्यवस्था अनुसार निरन्तर कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटी वा बढी भएमा १५ मिनेटका लागि कारोबार स्थगत हुनेछ । यस्तै निरन्तर कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक ८ प्रतिशतले घटी वा बढी भएमा सो पश्चात सो दिनको कारोबार बन्द हुनेछ ।
अहिलेसम्म ६ प्रतिशतले बढी वा घटी भएमा कारोबार बन्द हुने गरेको छ । अहिलेको व्यवस्थामा २ प्रतिशत थपिएको छ । यस्तै उक्त विनियमावली कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा १५ प्रतिशत भन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार नहुने उल्लेख छ ।
यो सँगै सूचीकृत कम्पनीहरूको दैनिक सेयर मूल्य घटबढ हुन पाउने सीमा बढेको छ । अहिले १० प्रतिशत रहेको छ । अब १५ प्रतिशत हुनेछ । प्रारम्भिक कारोबार सत्रमा (प्रिओपन) मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्ने भनिएको छ ।
प्रिओपनमा कारोबार नभएका आदेशहरुलाई नियमित सत्रमा प्रविष्टी गरी कारोवार हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ । निरन्तर कारोबार सत्रमा प्रिओपनमा कायम भएको मूल्यको ३ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्नुपर्ने छ ।












प्रतिक्रिया दिनुहोस्