Skip to content

इप्पानमा सुरु भयो चुनावी माहोलः बरिष्ठमा खतिवडा, दुलाल र भ्लोन, महासचिवमा पौडेल र आचार्यको चर्चा

कार्कीको कार्यकालमा हल्लाखल्ला र आरोप प्रत्यारोप बढी, काम कम !

nabil bank

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा चुनावी माहोल सुरु भएको छ । आगामी ३ वर्षका लागि हालका बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्र्यसमिति चयन हुने छ ।

इप्पानले आज सञ्चालक समितिको बैठक बोलाएको छ । आज बस्ने बैठकले जेठ २९ गते आगामी साधारणसभा बोलाउने सम्भावना रहेको बताइएको छ ।

इप्पानका एक अधिकारीका अनुसार यही अनुसार नै छलफल चलिरहेको छ । आज ३ बजेका लागि बोलाइएको बैठकले सभा गर्ने मिति, समय र स्थान तोक्ने छ । इप्पानको आगामी कार्यकालको नेतृत्व हालका बरिष्ठ उपाध्यक्ष डाँगीले गर्नेछन् । डाँगीको नेतृत्वमा बन्ने नयाँ कार्यसमितिमा को को आउने भनेर अहिलेबाट नै प्रतिस्पर्धा सुरु भएको छ ।

डाँगी स्वत अध्यक्ष भएपछि बरिष्ठ उपाध्यक्ष, ५ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव, ५ जना सचिव, एक जना कोषाध्यक्ष र १० जना सदस्यका लागि निर्वाचन हुनेछ ।

अहिलेसम्म बरिष्ठ उपाध्यक्षमा हालका महासचिव बलराम खतिवडा, उपाध्यक्ष उत्तम ब्लोन लामा, अर्का उपाध्यक्ष भरत बहादुर खत्री, उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिव हिम प्रसाद पाठकको नाम चर्चामा छ । सहमतिमा कार्यसमिति तयार भएको खण्डमा पाठक बरिष्ठ छोडेर उपाध्यक्षमा पनि बस्न सक्ने सम्भावना रहेको बताइन्छ ।

इप्पानको महासचिवमा अहिलेसम्म २ जनाको नाम चर्चामा छ । वर्तमान कार्यसमितिको सदस्यमा रहेका मिथुन पौडेल र टेकनाथ (टिएन) आचार्यको नाम चर्चामा रहेको छ ।

यस्तै ५ जना उपाध्यक्षमा वर्तमान सचिव कविता पोखरेल कँडेलको नाम चर्चामा छ । स्रोतका अनुसार आगामी कार्यकालमा उनले जित्ने शम्भावना शत प्रतिशत रहेको छ ।

उपाध्यक्षमा महिलातर्फ अन्य कोही पनि आकांक्षी अहिलेसम्म देखिएका छैनन् ।

यस्तै उपाध्यक्षको अन्य आकांक्षीमा हालका सचिव बिक्रम बिष्ट, भरत प्रसाद नेपालको नाम बढी चर्चामा छ ।

यस्तै इप्पानको सचिवमा हालका सदस्य सुमन जोशि, शुसन कर्माचार्य (राजभण्डारी), शंकर बस्याल, बिजय मोहन भट्टराईको नाम चर्चा छ ।

इप्पानको कोषाध्यक्षमा हालका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले नै दोहोर्याउने चर्चा पनि छ ।

इप्पानमा पदाधिकारी बन्नका लागि पहिला कार्यसमिति सदस्य भएको हुनुपर्ने छ । बरिष्ठ उपाध्यक्ष हु्नका लागि पदाधिकारी भएको हुनुपर्ने व्यवस्था छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट दुई तिहाई नजिक बहुमत पाएको सरकार बनेको छ । आगामी कार्यसमितिले चाहेको खण्डमा ऊर्जा क्षेत्रका लागि निकै राम्रो काम गर्न सक्ने इप्पानका केही पदाधिकारीहरु बताउँछन् ।

अहिले गणेश कार्कीको नेतृत्वले इप्पानमा बसेर ऊर्जा क्षेत्रका लागि काम भन्दा पनि बढी हल्लाखल्ला मात्रै गरेको चर्चा भइरहेको छ । यो कार्यकालमा विद्युत उत्पादकहरुले आफुले महशुस गर्ने गरी धेरै काम नभएको दाबी गर्दै आएका छन् ।

‘‘कार्कीको कार्यकालमा इप्पानले गरेको र गर्न खोजेका राम्रो काम भनेको आयोजनामा पानी कम भएर विद्युत उत्पादन कम हुँदा तिर्नपर्ने हर्जना (हाइड्रोलोजि पेनाल्टी) हटाउने र आरसीओडिको म्याद थप्न प्राधिकरणसम्म जाने बाहेक केही काम भएनन्’’ इप्पानका एक अधिकारीले भने ‘‘यो कार्यसमितिले यो भन्दा बढी काम केही गर्न सकेन । बाँकी भनेको हल्लाखल्ला, आरोप प्रत्यारोप मात्रै हो ।’’

अहिलेको कार्यसमितिले बिना मजबुत प्रमाण अरुलाई आरोप प्रत्यारोप गर्ने, काम भन्दा हल्ला गर्ने, सामाजिक सञ्जालमा अनावश्यक हल्ला गर्ने बाहेक धेरै काम नगरेको इप्पान भित्रै चर्चा छ । नेतृत्वकर्ता कुशल नभएको खण्डमा यस्ता समस्या देखिने ति अधिकारीको दाबी छ ।

आगामी ५ वर्षका लागि एकै दलको बलियो सरकार बनेको समयमा इप्पानमा आउने डाँगी नेतृत्वको कार्यसमितिले अहिलेको कार्यकालमा बिगारेका काम सपार्ने र सरकारलाई नचिढ््याई फकाएर काम गर्नुपर्ने ति अधिकारीको भनाइ छ ।

‘‘अहिले जे भयो भयो, हामी भनेको निजी क्षेत्र हो । हामीलाई राज्य, आम जनताले हेर्ने जनर कस्तो छ । त्यो हेर्नुपर्यो । राज्यलाई सामाजिक सञ्जाल होस वा अन्य माध्यमबाट चिढ्याउनु भएन । हाम्रो हितमा राज्यबाट काम लिन आगामी नेतृत्वले काम गर्नुपर्छ’’ इप्पानले ति अधिकारीले भने, ‘‘हो हामीले रोजगारी दिएका छौ, राज्यलाई कर तिरेका छौ । त्यो भन्दैमा हाम्रो प्रणाली यूरोप स्टयान्डर्ड अनुसारको हुँदैन । समय लाग्छ । हामी सरकारसँग मिल्नुको विकल्प छैन ।’’ आगामी नेतृत्वले पनि यही कुरालाई ध्यान दिनुपर्ने उनको सुझाव छ । उनी भने नेतृत्वमा नआउने सोचमा छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi