काठामाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
आज साँझ बसेको बोर्ड सञ्चालक समितिको बैठकमा अध्यक्ष श्रेष्ठले पदबाट राजीनामा दिएको जनाएका छन् ।
बोर्डका एक सञ्चालकले बैठकमा अध्यक्ष श्रेष्ठले आफुले पदबाट राजीनामा दिन लागेको जानकारी गराएको बताए । उनका अनुसार अध्यक्ष श्रेष्ठले बैठकमा राजीनामा दिएको जानकारी गराएर राजीनामा पत्र बुझाउन मन्त्रालय गएका छन् ।
अध्यक्ष श्रेष्ठले अर्थमन्त्री डा स्वर्णिम वाग्ले समक्ष राजीनामा पत्र बुझाउने छन् ।
श्रेष्ठलाई केपी ओली नेतृत्वको सरकारले २०८१ मङ्सिर १० गते अध्यक्षमा नियुक्त गरेको थियो ।












प्रतिक्रिया दिनुहोस्