काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
उनले आज अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले राजीनामा दिएको बताइएको छ ।
श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए।
उनले बुझाएको राजीनामा अब मन्त्रिपरिषदको बैठकले स्वीकृत गर्नुपर्छ ।












प्रतिक्रिया दिनुहोस्