काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस समिति बनाएको छ ।
बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएसँगै बोर्ड अध्यक्ष खाली थियो ।
सरकारले योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा अर्थसचिव घनश्याम उपाध्याय सदस्य तथा विज्ञ सदस्यमा भुवन दाहाल रहने गरेर सिफारिस समिति गठन गरेको हो । दाहाल सानिमा बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।












प्रतिक्रिया दिनुहोस्