काठमाडौं । उद्योग वाणिज्य महासंघले १८ वटा वस्तुगत संघलाई सदस्यता दिने निर्णय गरेको छ । आज बसेको महासंघ कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो ।
आज बसेको बैठकले १८ वटा संघलाई महासंघको सदस्यता दिने निर्णय गरेपछि मताधिकार भने तत्लका नपाउने भएका छन् । उनीहरुलाई मताधिकार भने अर्को कार्यकालमा मात्रै दिने निर्णय भएको छ ।
महासंघको आगामी साधारण सभा एवं निर्वाचन वैशाख २१ र २२ गते गर्न यसअघि नै भएको निर्णयलाई आज बसेको बैठकले अनुमोदन गरेको छ ।
यसअघि गत चैत २९ र ३० चैतका लागि महासंघको साधारण सभा एवं निर्वाचन तय भएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो ।












प्रतिक्रिया दिनुहोस्