काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्र्ने सूचक १७.०१ अंकले घटेर परिसूचक २७८७.१५ बिन्दु कायम भएको छ ।
आज ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा ४६ कम्पनीको मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्यमा गिरावट आएको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सकारात्मक नजिक पुगेको छ ।












प्रतिक्रिया दिनुहोस्