काठमाडौं । नुवाकोटमा अतिक्रमित संरचनामा चल्यो डोजर चलाइएको छ ।
‘गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको छ ।
सडकको पहुँच मार्गभित्र अतिक्रमण गरेर बनेका नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानको सरकारी एवं व्यक्तिगत संरचना डोजर प्रयोग गरेर हटाइँदै छ ।
यस सडक योजना अन्तर्गत नुवाकोट जिल्लाभित्र पर्ने एकदर्जन सरकारी कार्यालय र ८६ घरधनीले अतिक्रमण गरेर बनाएका संरचनाहरु आयोजनाको कार्यालयले शनिबारदेखि बल प्रयोग गरेर हटाउन थालेको हो ।













प्रतिक्रिया दिनुहोस्